काठमाडौं–१ बाट स्वतन्त्र उम्मेदवार डा. शम्भु पोखरेलको उम्मेदवारी दर्ता
काठमाडौं। स्वतन्त्र उम्मेदवार डा. शम्भु पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।डा. पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन आयोगमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता पश्चात प्रतिक्रिया दिँदै उनले नेपालको आर्थिक विकासमा ठोस टेवा पुर्याउने स्पष्ट उद्देश्यसहित निर्वाचनमा सहभागी भएको बताए।
उनले देश बदल्नैपर्छ भन्ने दृढ संकल्पका साथ उम्मेदवारी दिएको उल्लेख गर्दै नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने आफ्नो प्रतिबद्धता सार्वजनिक गरे।
डा. पोखरेलले नेपाललाई ट्रिलियन डलरको अर्थतन्त्र तर्फ लैजाने स्पष्ट खाका सहित आफू चुनावी मैदानमा होमिएको बताए। उनका अनुसार आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र दीर्घकालीन आर्थिक सुधार उनका प्रमुख एजेन्डा हुन्। आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यलाई केन्द्रमा राखेर आफ्नो चुनावी अभियान अघि बढाइएको उनले स्पष्ट पारे।







डिसी नेपाल








Facebook Comment