निगमको ‘न्यारो बडी’ जहाज इजरायलबाट फिर्ता

डिसी नेपाल
६ माघ २०८२ ११:५१
84
Shares

काठमाडौं। नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ ए३२० जहाजको इन्जिन मर्मत सकिएर इजरायलबाट नेपाल ल्याइएको छ।

निगमकाे दर्ता नम्बर ‘९एन-एकेएक्स’ जहाजले नियमित उडान समेत थालेको निगमले जनाएको छ। विविध कारण लामो समयदेखि इजरायलस्थित इजरायल एरोस्पेस इन्डस्ट्रीमा रहेको जहाज सोमबार काठमाडौं ल्याइएको हो।

इन्जिन मर्मत तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आईएआईबीच विद्यमान सम्झौताका आधारमा वार्ताबाट समझदारी सम्पन्न गरी इन्जिन जडान तथा प्राविधिक प्रक्रिया सम्पन्न गरिएको निगमले जनाएको छ।

यो जहाज इजरायलको तेलअभिबबाट दुबई हुँदै दुबई–काठमाडौंको नियमित उडान मार्फत काठमाडौं आइपुगेको हो। अब जहाज नियमित उडान तालिकामा फर्केको निगमको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.