एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

डिसी नेपाल
११ माघ २०८२ ११:१०
232
Shares

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। शुक्रबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ४०० र चाँदी दुई सय ९० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल छ हजार ४८० कायम भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल छ हजार १९० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.