होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

डिसी नेपाल
१४ माघ २०८२ ९:३१
20
Shares

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोमध्ये ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि तथा ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ । अब कम्पनीले बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन प्रयोजनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले होटल फरेष्ट इन लिमिटेडलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्न कुल ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ लागत लागेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.