स्कुटर दुर्घटनामा युवतीको मृत्यु

डिसी नेपाल
१५ माघ २०८२ ११:३७
4.2k
Shares

दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका-१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो। दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका-३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन्।

निजको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनीहरू पोखराबाट दमौली आइरहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.