ठूलो सोच र बिचार

शंकरप्रसाद रिजाल
१७ माघ २०८२ ७:४०
40
Shares

ठूलो बिचारको शक्ति 

ठूलो सोच र बिचारले हाम्रो जीवन मै ठूलो परिवर्तन ल्याउँछ। यसले हाम्रो जीवनको उदेश्य प्राप्तिका लागि र हाम्रो विश्वलाई धेरै नै सहयोग गर्दछ। यी ठूला सोच र बिचारले हाम्रा ठूला ठूला सपना, नयाँ नयाँ आविष्कार, नयाँ प्रवर्द्धनलाई निर्माण गर्न धेरै मद्दत मिल्दछ। जब हामी ठूलो कुरामाथि बिचार गर्दछौं, हामी आफैं नयाँ सम्भावना, नयाँ मौका र नयाँ अनुभवतिर अग्रसर हुन्छौं।

सोच र बिचारको प्रतिबिम्बको महत्व

प्रतिबिम्ब ठूलो बिचारको एक महत्वपूर्ण पाटो हो। यसले हाम्रो विचारको, हाम्रो कार्यशैलीको र हाम्रो निर्णय गर्ने क्षमाताको परीक्षण गर्दछ। प्रतिबिम्बबाट हामीले हाम्रो भूल, दृष्टि दिनु पर्ने र नयाँ कुराको दृष्टि गोचर गर्न मद्दत पुर्‍याउँदछ।

ठूलो बिचारहरुको बिशेषता

ठूलो बिचार र सोच राख्ने मानिसहरु जहिलेपनि ठूलो बिचार र सोच राख्ने मानिस उत्सुकताबादी हुन्छन्। खुल्ला विचारधाराका हुन्छन् र सिर्जनशील हुन्छन्। तिनीहरु आफैं प्रश्नकर्ता हुन्छन्। कल्पनाको प्रतिस्पर्धा गरी ज्ञान हाँसिल गर्दछन् र पुनर्मुखी, विश्लेषक र रणनीतिज्ञ हुन्छन्।

ठूलो सोच र बिचारको फाइदा

ठूलो सोच र बिचारले मानिसको व्यक्तिगत प्रगति र उन्नति हुन्छ र नयाँ अवधारणाको विकास हुन्छ अनि सकारात्मक सोचको विचारको प्रादुर्भाव हुन्छ। ती मानिसहरुले अरुलाई पनि प्रेरणा दिइ आफैंमा एक प्रकारको जागरुकता प्रदान गराउन सक्ने क्षमता राख्न सामर्थवान् हुन्छन् र विश्वमा एक फरक सोच राख्न सक्षम बन्दछन्।

ठूलो बिचारको खेती गर्नु

ठूलो सोच र बिचारको खेती गर्नाले आफूलाई सधैं त्यो बिषयको तल्लिनतामा लगाव हुने र सधैं विचारमा लागिरहने प्रेरणा प्रदान गर्दछ, त्यसको लागि सधैं निरन्तर अध्ययनशील र सिक्ने प्रवृत्तिको जागरुकता पैदा गर्दछ र जसको लागि हामीहरु समाजमा भिज्ने कोशिशमा हुन्छौं। नयाँ नयाँ कुराको सामना गर्ने सुअवसर प्रदान गर्दछ र नयाँ नयाँ अनुभवको ज्ञान प्रदान गर्दछ।

निष्कर्ष

ठूलो सोच र ठूलो बिचार र त्यसको प्रतिबिम्बले हामी हाम्रो जीवनलाई परिबर्तन गरी बिश्वलाई नै परिबर्तनपनि गर्न सक्ने बन्नेछौं र अन्त्यमा यो बिचारको खेतीले हामी हाम्रो भित्र रहेको क्षमतालाई उजागर गर्न सक्छौं। र हाम्रा हरेक लक्ष्यलाई पूरा गर्न सामर्थ बन्न सक्छौं र अमिट प्रभाव छोडीयो संसारबाट बिदा लिन सक्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.