तीन जनाको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति सार्वजनिक
दमौली (तनहुँ)। जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। निजविरुद्ध सात दिनको म्याद थप गरिएको छ।
हत्या अभियोगमा पक्राउ परेका कास्की घर भई शुक्लागण्डकी–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालत तनहुँबाट बिहीबार सात दिनको म्याद थप गरिएको हो। निजविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो। प्रहरीले निजका साथबाट चक्कु, चप्पल, सल, प्रयोग गरिएका कपडा बरामद गरेको छ।
गत पुस २६ गते बिहान सेती नदीस्थित कसेरीघाटमा तीन जनाको हत्या गरेको अवस्थामा शव भेटिएको थियो। शुक्लागण्डकी फोहर प्रशोधन केन्द्र नजिक शुक्लागण्डकी–११ का ३९ वर्षीय नारायण विक, भिमाद नगरपालिका–८ का ५८ वर्षीया देउमाया थापा र नामथर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको थियो।
घटनापश्चात् तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञसहितको टोलीबाट गहन अनुसन्धान गरिएको थियो। नाम, थर र वतन नखुलेको पुरुषको शवको सनाखतका लागि हुलिया परिपत्र गरी शवगृहमा सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment