आज राति देशका केही स्थानमा वर्षा हुने पूर्वानुमान

डिसी नेपाल
१९ माघ २०८२ २२:१८
248
Shares

काठमाडौं । आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।

भोलि देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.