प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

डिसी नेपाल
२० माघ २०८२ १३:४०
68
Shares

काठमाडौं। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी शर्मालाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

काठमाडौं जिल्ला कागेश्वर मनोहरा नगरपालिका-८ घर भएका शर्मासँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ। उनले माछापुच्छ्रे बैंक र तत्कालीन सनराइज बैंकमा सीईओको जिम्मेवारी सम्हालेका थिए भने ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओका रूपमा पनि कार्य गरेका छन्। उनले बैंकिङ करिअरको सुरुआत नेपाल एसबिआई बैंकबाट गरेका हुन्।

बैंक पछिल्लो समय बढ्दो निष्क्रिय कर्जा र लाभांश वितरण नहुनुजस्ता चुनौतीमा रहेकाले शर्माको नेतृत्वले प्रभु बैंकलाई सुधारको बाटोमा लैजाने अपेक्षा गरिएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा ७.९४ प्रतिशत पुगेको छ भने पछिल्ला तीन आर्थिक वर्षदेखि बैंकले लाभांश वितरण गर्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.