ट्याक्टरबाट खसेर युवकको मृत्यु

डिसी नेपाल
२१ माघ २०८२ ७:४९
156
Shares

दमौली (तनहुँ)। ऋषिङ गाउँपालिका-३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका-४ का २३ वर्षीय पूर्णबहादुर थापाको गए राति मृत्यु भएको हो।

बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.