सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा बुधबार सुनमा भारी बृद्धि छ। मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ थियो।
यसैगरी, बुधबार चाँदी तोलामा २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment