बैतडीमा भीरबाट खसेर निर्वाचन प्रहरीको मृत्यु
धनगढी । बैतडीमा भिरबाट खसेर निर्वाचन प्रहरीको मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका ५ को चमखाली खेलमैदानमा तालिम सकेर फर्किने क्रममा मंगलबार राती साढे ८ बजेतिर दशरथचन्द नगरपालिका
निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको हो।
दशरथचन्द नगरपालिका ४ स्थायी ठेगाना भएका चन्द सोही ठाउँको खरकटे सल्लेरी भिरमा खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए।
उनको शव करीब २५० मिटर तल भीरमा फेला परेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment