कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. शेखर कोइराला

डिसी नेपाल
२२ माघ २०८२ १७:१४
24
Shares

विराटनगर। नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने रहेको बताएका छन्।

मोरङ क्षेत्र नम्बर ६ का जनताहरुसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरुले जे काम गरेपनि नेपाली काङ्ग्रेसले जेनजीका माग अनुसार भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकास गर्ने काम गरेको बताए।

उनले भने, ‘नेपाली काङ्ग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने हो। जेनजीहरूको माग पनि यही रहेको छ। अरु नयाँ पार्टीहरुले के गरिरहेको थाहा छैन् तर चुनावमा मात्रै होइन ०६४ सालको चुनावदेखि एउटै कुरा भनिरहेको छु। भ्रष्टाचारमुक्त समाज हामी बनाउ, सुशासन दिउ, विकास गरौं, रोजगारीका अवसरहरु सिर्जना गरौं।’

यस्तै, उनले नेपाली काङ्ग्रेसले युवाहरुको महत्व बुझेको भन्दै युवाहरुलाई निर्वाचनमा प्रोत्साहन गरिरहेको बताए।

उनले भने, ‘युवाहरूलाई लोकल चुनावमा प्रोत्साहित दिनुपर्छ, ४० प्रतिशत युवाहरुलाई स्थान दिनुपर्छ भनिरहेको छु। प्रदेशको चुनावमा ३० प्रतिशतलाई दिनुपर्छ भनेको छु र केन्द्रमा अथवा संघीय चुनावमा २० प्रतिशत युवाहरूलाई दिनुपर्छ भनिरहेको छु। युवाहरुको महत्व नेपाली काङ्ग्रेसले नबुझेको होइन्, बुझेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.