मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
धनगढी। गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सडकमा सु.प.प्र.०१-०११ प ८५८५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री कञ्चनपुर कृष्णपुर नगरपालिका-७ कलपुर बस्ने ४५ वर्षीय गोपाल रानाको बिहीबार दिउँसो मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment