इनास ग्लोबल समितिको सूचना तथा प्रचार–प्रसार (मिडिया) समितिको संयोजकमा पाण्डे नियुक्त
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिले सन् २०२५–२०२७ कार्यकालका लागि सूचना तथा प्रचार–प्रसार (मिडिया) समितिको संयोजक पदमा दयाराम पाण्डेलाई नियुक्त गरेको छ।
गत जनवरी ११, २०२६ मा सम्पन्न इनास ग्लोबल समितिको बैठकको निर्णयअनुसार पाण्डेलाई ग्लोबल समिति अन्तर्गत रहने गरी उक्त जिम्मेवारी प्रदान गरिएको हो। इनासका महासचिव प्रकाश तिवारीद्वारा जारी औपचारिक पत्रमार्फत पाण्डेलाई नियुक्तिको जानकारी गराउँदै हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ।
नियुक्तिपत्रअनुसार संयोजक पाण्डेले समितिका सुपरिवेक्षकसँग आवश्यक सल्लाह तथा समन्वय गरी पत्र प्राप्त भएको १५ दिनभित्र समितिका सदस्यहरू मनोनयन गरी समितिलाई पूर्णता दिनुपर्नेछ। साथै, मनोनयन गरिएको सदस्यहरूको विवरण सुपरिवेक्षकमार्फत इनास ग्लोबल समितिमा पेश गर्नुपर्ने निर्णय समेत गरिएको छ।
इनास एसिया क्षेत्रीय समितिका संयोजक समेत रहेका दयाराम पाण्डे नेपाली साहित्य, गीत–संगीत, सिनेमा तथा पत्रकारितामा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। उनको अनुभव र सक्रियताले इनासको सूचना तथा प्रचार–प्रसार गतिविधिलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विश्वास संस्थाले व्यक्त गरेको छ। इनास ग्लोबल समितिले नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह हुने अपेक्षा गर्दै पाण्डेको कार्यकाल संस्थाका लागि उपलब्धिमूलक हुने विश्वास लिएको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment