दृष्टिविहीन समिरलाई घरमै नागरिकता

डिसी नेपाल
२२ माघ २०८२ २०:५५
24
Shares

टक्सार (भोजपुर) । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले रामप्रसाद राई गाउँपालिकाका एक दृष्टिविहीन युवालाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन्।

रामप्रसाद राई गाउँपालिका–३, भुल्केका २४ वर्षीय समिर राईलाई प्रजिअ पौडेलले आज घरमै पुगेर नागरिकता प्रदान गरेका हुन्। जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुने भएपछि प्रशासनसँगको समन्वयमा गाउँमै समिरलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष रामु थापामगरले बताए।

आवश्यक कागजातका आधारमा राईलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ पौडेलले बताए। ‘अशक्त नागरिकलाई घरदैलोमै अत्यावश्यक सेवा दिने हाम्रो नीति छ । स्वास्थ्यका कारणले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई हामीले यसरी नै सेवा दिँदै आएका छौँ’, प्रजिअ पौडेलले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.