कांग्रेस बाजुराको घरदैलो अभियान : विरासत जोगाउने चुनौती

डिसी नेपाल
२३ माघ २०८२ १४:१४
8
Shares

बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कांग्रेस बाजुराले यतिबेला घरदैलो अभियानलाई तिब्रता दिएको छ। कांग्रेस बाजुराबाट उम्मेदवार बनेका नेता जनकराज गिरीलाई निर्वाचित गराउन कांग्रेस बाजुरा घरदैलो अभियानमा जुटेको हो।

कांग्रेस बाजुराले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँका विभिन्न गाउँबस्तीमा कार्यकर्ता भेला तथा चुनावी अभियान गरिरहेको छ। कार्यकर्तासंग भेटघाट र जनताका जनआकांक्षा सुन्न सिंगो कांग्रेस एकढिक्का भएर अभियानमा लागेको हो।

कांग्रेस बाजुरा २०७९ को जस्तैःविरासत जोगाउने दाउमा चुनावी मैदानमा उत्रेको छ । २०७९ सालको प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस बाजुराले सहज जित निकालेको थियो।प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाजुरा क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे ३१ हजार ७ सय ८६ मत ल्याई विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापालाई पाण्डेले ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेका थिए। पराजित एमालेका कर्णबहादुर थापाले २६ हजार ३ सय ४९ मत ल्याएका थिए।कांग्रेस पुनः यहि विरासतलाई जोगाउन गहन रुपमा छलफलका साथै घरदैलो अभियानमा लागेको छ।

यहाँ सम्पूर्ण नेता कार्यकर्ता एकढिक्का भएर अघि बढेका छन्। आगामी निर्वाचनमा पुनःसफलता प्राप्त गर्नु नै कांग्रेसको मुख्य उदेश्य बनेको छ। यता नेकपा एमाले २०७९ को हारको बदला लिने तयारीमा छ। त्यस्तै अन्य राजनीतिक दलका व्यक्तिहरु पनि चुनाव जित्ने दाउमा छन्।

कांग्रेस अहिले हरेक गाउँ बस्तीमा पुगेर जनतासँग सुख-दुखका साथै गाउँघरका समस्याहरु पहिचान गरिरहेको छ । समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, आगामी निर्वाचनमा पार्टीको भूमिका तथा स्थानीय स्तरका समस्या र विकासका विषयलाई कांग्रेसले प्रमुख प्राथमिकतामा राखेको छ।

कांग्रेस आफ्नो विरासत टुटाउने पक्षमा भने छैन्। जनताको सेवामा समर्पित, कर्तव्यनिष्ट र सादगी नेताको ट्याग पाएका प्रतिनिधि सभा उम्मेदवार कांग्रेस नेता गिरी स्थानीय विकास र न्यायका सन्दर्भमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका घर भएका गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्।

उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेर भूमी सुधार तथा सहायकमन्त्री समेत बनेका थिए । ०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन्।

विकासवादी, सादगी र निष्कलंक छवि भएका नेताको रूपमा गिरीलाई चिनिन्छ । गिरी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चयन भएका हुन्।

कांग्रेसको अनुभवी नेताको रुपमा परिचित गिरी चुनावी मैदानमा होमिएसंगै बाजुरामा पार्टी एकता थप शसक्त र बलियो हुने देखिएको छ। उनको उम्मेदवारीले कांग्रेसको चुनावी प्रतिस्पर्धालाई कस्तो दिशामा मोड्छ भन्ने कुरालाई विशेष प्राथामिकताका साथ हेरिएको छ।

पार्टी र देशको लोकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासंग सिधै संवाद राख्ने नेता गिरी एक अनुभवी नेता हुुन्।

पार्टीका नीति निर्माण र राष्ट्रिय नेतृत्वलाई समर्थन गर्दै चुनावी सफलता ल्याउने प्रयासमा उनी लागिरहेका छन्। पूर्वसहहामन्त्री बद्री पाण्डे, पूर्वसभापतिद्वय मान ब रावल, कबिराज पण्डित, सभापति रामिसंह रावल, पूर्वसंविधान सभा सदस्य महा नेपाली,पार्टी सचिव तिलक पुरी, युवा नेता चक्र शाह, योगेन्द्र रावल, जगतजंग बमलगायत नेता कार्यकर्ताको चुनावी अभियानमा छन्।

बाजुरामा अहिले मुख्य चार राजनीतिक दल प्रतिस्प्रर्धामा देखिएका छन्। नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लाल बहादुर थापा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हेमराज थापा मुख्य प्रतिस्प्रर्धामा छन्। कांग्रेस र एमालेलाई जित हासिल गर्न भने हम्मेहम्मे हुने संकेत देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.