हामी परिवर्तन चाहन्छौं तर मौलिकतामा आधारित : सुन्दरसिंह बोहोरा

डिसी नेपाल
२३ माघ २०८२ १६:५४
4
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार सुन्दरसिंह बोहोराले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी र दृष्टिकोणबारे जानकारी दिएका छन्।

उनले आम नागरिकले भदौ २३ र २४ पछाडि परिवर्तन अनुभव गरेको उल्लेख गर्दै उनले मौलिक संस्कृतिमा बसेर परिवर्तन गर्न चाहेको बताए।
‘हामी त्यसलाई आत्मसात गर्छौँ र परिवर्तन चाहन्छौँ, तर मौलिकतामा आधारित रहेर। मौलिक संस्कृतिमा बसेर परिवर्तन चाहन्छौँ। नवीनतम सोच ल्याउन चाहन्छौँ र एआईसँग पनि आत्मसात गर्न चाहन्छौँ,’ उनले भने।

बोहोराले गरिमामय सदनमा सांसदको रूपमा प्रभावशाली व्यक्ति चाहिएको बताए।
उनले प्रश्न गर्दै भने, ‘तपाईं गरिमामय सदनमा बोलिरहँदा सत्य, तथ्य, र सूचनामा आधारित बोल्ने व्यक्ति देख्न चाहनुहुन्छ कि केवल ‘ए भाले, मलाई भोट हाल’ भन्न आउने मान्छे देख्न चाहनुहुन्छ ?’

उनले नेपालको राजनीतिक इतिहासको समीक्षा गर्दै प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रले मुलुकको हितका लागि काम नगरेको बताए।
उनले भने, ‘२०४६ देखि धेरै देख्यौँ, प्रजातन्त्र पनि देख्यौँ, गणतन्त्र पनि देख्यौँ। संविधानपछि लोकतन्त्र पनि देख्यौँ, तर यो लोकतन्त्र वास्तवमा नेपालको होइन- यो शब्द बाहिरबाट आयातित हो। तर मैले मुलुकको हितका लागि विचार गरेर काम गरेको हुँ।’

बोहराले आफ्नो उम्मेदवारीमा मौलिक मूल्य र नवीन सोचको संयोजन ल्याउने बताउँदै आगामी निर्वाचनमा आम जनता र युवा पुस्तालाई विश्वास र सहकार्यका लागि आह्वान गरे।

उनले थप भने, ‘हामी देशको समृद्धि, विज्ञान र प्रविधिको प्रयोग, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्यमा केन्द्रित छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.