दलका नेतासँग नभइ मेरो लडाइ गरिवी, अशिक्षा र बेरोजगारीसँग हो : रवि छामिछाने

डिसी नेपाल
२३ माघ २०८२ १६:२५
16
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चूनावी प्रचार सुरु गरेका छन्।

शुक्रबार चूनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गर्दै लामिछानेले चूनावी प्रचार सुरु गरेका हुन्।

सो क्रममा लामिछानेले अवको लडाइ भनेको दलको नेता उम्मेदवारसँग नभइ गरिवी, अशिक्षा, बेरोजगारीलगायत देशका विभिन्न समस्यासँग भएको बताएका हुन्।

चुनाबी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसै गाली गरे पनि प्रतिबाद नगर्न उनले अनुरोध गरे। उनले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने भएको धारणा राखे।

सभापति लामिछानेले निर्वाचनका क्रममा आफू देशभर जानुपर्ने भएकाले चितवनबासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

One thought on “दलका नेतासँग नभइ मेरो लडाइ गरिवी, अशिक्षा र बेरोजगारीसँग हो : रवि छामिछाने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *