निर्माणाधिन संसद भवनको काम समयमै सक्न अध्यक्ष दाहालको निर्देशन

डिसी नेपाल
२३ माघ २०८२ १९:३०
12
Shares

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधिन नयाँ संसद भवनको समयमा नै निर्माण सम्पन्न गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार सिंहदबरबारमा निर्माण व्यवसायी, सहरी विकास मन्त्रालयका पदाधिकारीलगाएतसँग संयुक्त रुपमा छलफल गर्दै अध्यक्ष दाहालले नयाँ संसद भवनको बाँकी भएका कामहरूलाई शीघ्रताका साथ कुनै पनि कारणबाट अवरुद्ध नहुने गरी समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए।

छलफलका क्रममा निर्माण व्यवसायी, सहरी विकास मन्त्रालयका पदाधिकारीहरुले करिव ९३ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका थिए।

चैतको पहिलो हप्तासम्ममा न्यूनतम पूर्वाधार, खासगरी प्रतिनिधिसभाको बैठक बस्न सक्नेगरी अरू काम थाती राखेर भए पनि सभा कक्ष र आवश्यक अन्य पूर्वाधार निर्माण गरेर उपलव्ध गराउने जानकारी प्राप्त भएको प्रवक्ता गिरीले बताए।

उनले नियमित रूपमा हरेक हप्ता संसद भवन निर्माणको प्रगति, कार्य प्रगतिको जानकारी सचिवालयलाई गराउने र सचिवालयले पनि निरन्तर रूपमा स्थलगत अवलोकन गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.