वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडाें। वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हाे।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।
चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियाे।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढि देखिएका छन्। थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।
प्रतिक्रिया








डिसी नेपाल






Facebook Comment