झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

डिसी नेपाल
२४ माघ २०८२ १८:५९
32
Shares

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मतदाता साथै कार्यकर्ता भेटघाटमा व्यस्त छन्।

झापा क्षेत्र ५ का विभिन्न स्थानमा पुगेर उनले मतदाताहरुको प्रतिक्रियाहरु लिइरहेका छन् । शुक्रबार झापा ओर्लिएका उनी झापाली जनतासँग प्रत्यक्ष साक्षत्कार गरिरहेका हुन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि झापा ५ बाट उम्मेदवार बनेका उनी शनिबार कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा भेटघाट गरेका थिए।

भेटघाटका क्रममा मतदाताले जेनजी आन्दोलनको कारण र नेताको घरमा भेटिएका पैसाका बारेमा प्रश्न गरेका थिए। ओली एक साता झापा बस्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

ओलीसँग झापा ५ मा रास्वपाका वरिष्ठ बालेन शाह चुनावी प्रतिस्पर्धामा रहेकाले आफ्नो चुनावी गतिविधिलाई बढाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.