आइसीसी टी-२० विश्वकप : साविक विजेता भारतको विजयी सुरुआत

डिसी नेपाल
२५ माघ २०८२ ७:२७
208
Shares

काठमाडौं। आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको हो।

एक सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र एक सय ३२ रन बनायो। उसका लागि सुभम् रजानेले ३७, सञ्जय कृष्णमुर्तिले ३७ रन बनाए।

यस्तै मिलिण्द कुमारले ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन।
भारतका लागि मोहमद सिराजले तीन विकेट हात पारे। अर्शदीप सिंह र अक्षर पटेलको नाममा दुई दुई विकेट रह्यो।

त्यसअघि वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।भारतीय टोलीका कप्तान सुर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे।

४९ बलको सामना गरेका यादवले १० चौका र ४ छक्कासहित ८४ रन बनाए। इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए। अभिषेक शर्मा शून्य रनमा आउट भए। अक्षर पटेलले १४ रन बनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.