सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

डिसी नेपाल
२५ माघ २०८२ १७:२३
88
Shares

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो।

आर्यघाटमा भएको अन्त्येष्टिमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी भई दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए। अन्त्येष्टिका क्रममा परिवारजन भावुक देखिन्थे भने उपस्थित सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए।

थापाको निधनप्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गरिएको छ। सामाजिक सञ्जालमार्फत पनि धेरैले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

थापाको निधनले परिवार, आफन्त तथा चिनेजानेका सबैलाई गहिरो शोकमा पारेको छ। थापाको हिजो शनिबार हृदयाघातका कारण निधन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.