तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोती नगरपालिका-१४ अग्यौलीस्थित भित्री सडक खण्डमा ग प्र ०४-००१ प ८५९२, प्रदेश ०३-०३ प २५२१ र ग प्र ०४-००२ प १८४७ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठोक्किएको थियो।
दुर्घटनामा ग प्र ०४-००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका-१७ का २८ वर्षीय ओमप्रकाश खोजवारको मृत्यु भएको प्ररही उपरीक्षक खड्काले बताए। गम्भीर घाइते भएका खोजवारको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो।
दुर्घटनामा प्रदेश ०३-०३ प २५२१ नं को मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका-१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका चार वर्षीय छोरा जेसन महतो घाइते भएका छन्। प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ।







डिसी नेपाल






Facebook Comment