‘शान्तिका लागि पदयात्रा’ यसरी शुरु भयो

डिसी नेपाल
२७ माघ २०८२ ९:५३
20
Shares

अमेरिका। अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थस्थित हुङ दाओ विपश्यना भावना केन्द्रबाट अक्टुबर २६, २०२६ का दिनदेखि बौद्ध भिक्षुहरूले शुरु गरेको ‘शान्तिका लागि पदयात्रा’ ११० दिनको निरन्तर हिँडाइ पश्चात यही फेबु्रअरी १२, २०२६ दिन मेरिलैण्डमा पुगेर समापन हुँदैछ।

एकता, करुणा, र शान्तिका लागि भनेर शुरु गरिएको यस पदयात्रामा बौद्ध भिक्षुहरूका साथमा ‘आलोका’ नामको एक कुकुर पनि सँगै रहेको छ।

२३०० माइल (३६८० किमि) को पैदल यात्रा सामान्यतया असम्भव जस्तै लाग्छ। तर बौद्ध धर्मालम्वी समुदायमा विशेषगरी भिक्षुहरूका लागि यस प्रकारको लामो पैदल यात्रा एक प्रकारको परम्परा नै रहेको पाइन्छ।

विश्वका विभिन्न देशहरूमा रहेका बौद्ध भिक्षुहरूले विभिन्न स्थानमा यस प्रकारका पैदल यात्रा गरिरहेका हुन्छन्। तर यस पटकको यो यात्राले सम्पूर्ण अमेरिका निवासीहरू लगायत विश्वकै ध्यान आकर्षण गर्न सकेको पाइन्छ। शान्ति पैदल यात्रीका भिक्षुहरूका अनुसार ‘शान्ति हरेक व्यक्तिको हृदयबाट शुरु हुन्छ र यो यात्रा शान्तिको उपस्थितिको कार्य’ हो।

यात्राका क्रममा यात्रा मार्गमा परेको अत्यधिक हिऊँले नरोकेको यस शान्ति यात्रा विश्व शान्तिका लागि सन्देश सहितको अठोट पनि हो। यस प्रकारकोे दुस्साहसी देखिने कर्मको शुरुवात कसरी गरियो, कसरी सम्भव गराउन सकियो, ब्यवस्थापनको पाटोलाई कसरी संयोजन गरियो भन्ने कुराहरूका बारेमा डिसी नेपालले यस यात्राको संयोजन गरिरहनु भएका डा. निरज बज्राचार्यसँग कुराकानी गरेको थियो जसको लिंक तल राखिएको छ। यस एतिहासिक कार्यको संयोजन एक नेपालीले गरिरहनु भएको थाहा पाउँदा सबै नेपालीका लागि गर्वको विषय रहेको छ।

यो समाचार प्रकाशनको समयसम्म यात्राको १०७ दिन पूरा भइसकेको हुनेछ। १०८ औँ र १०९ औँ दिनका कार्यक्रमहरू अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा हुने जानकारी प्राप्त भएको छ। यी दिनहरूमा सर्वसधारणलाई शान्ति पदयात्री बौद्ध भिक्षुहरूबाट सम्बोधन तथा ध्यान लगायतका कार्यक्रमहरू रहेको जनाइएको छ।

यात्राको अन्तिम ११० औँ दिन डिसीबाट मेरिलैण्डसम्म पुगेर त्यहाँबाट बस मार्फत टेक्सस फर्कने कायक्रम रहेको छ। यी तीन दिनका कार्यक्रमहरू यस प्रकार रहेको छ (श्रोतः शान्तिकालागि पदयात्रा पेज)

* Tuesday, February 10 (Day 108):

7:00 AM:                    Walk begins

9:30–10:45 AM:        Public Event at Bender Arena

Lunch stop:                National United Methodist Church (Invitees only)

1:00–2:30 PM:          Interfaith Ceremony at Washington National Cathedral

2:30 PM:                    Unity Walk on Embassy Row

Night Stop:                George Washington University (Private Event)

 

* Wednesday, February 11 (Day 109):

9:30 AM:                    Walk to Peace Monument / Capitol Hill begins

Lunch stop:                St. Mark’s Capitol Hill Church (Invitees only)

1:30 PM:                    Walk to Lincoln Memorial begins

2:30–4:00 PM:          Peace Gathering and Concluding Ceremony at Lincoln Memorial 4:30–7:30 PM:     Meditation Session with Venerable Bhikkhu Pannakara at                                          George Washington University Smith Center

 

* Thursday, February 12 (Day 110):

9:00 AM:                    Walk for Peace continues in Maryland (The walk starts from                                       Navy-Marine Corps Memorial Stadium)

10:00–10:45 AM:      Peace Gathering at the steps of the Maryland State Capitol

12:30 PM:                  Departure for Fort Worth, TX

 

(#WalkForPeace #PeaceWalk #BuddhistMonks #AlokathePeaceDog)

शान्तिका लागि पदयात्राका संयोजक डा. निरज बज्राचार्यसँग गरिएको कुराकानी:

https://www.facebook.com/share/v/1JQBSabHcV/?mibextid=wwXIfr




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.