क्यानडामा गोलीकाण्ड, कम्तीमा १० जनाको मृत्यु

डिसी नेपाल
२८ माघ २०८२ १०:३२
2.7k
Shares

काठमाडौं । पश्चिमी क्यानडामा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको रोयल क्यानेडियन माउन्टेड प्रहरीले जनाएको छ।

प्रहरीले उत्तरपूर्वी ब्रिटिश कोलम्बियाको टम्बलर रिज माध्यमिक विद्यालयमा छ जना मृत फेला परेको बताएको छ। अर्को एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।

प्रहरीले अर्को स्थानमा दुई जनाको शव फेला परेको बताएको छ, जुन घटना सोही घटनासँग सम्बन्धित रहेको उनीहरूको विश्वास छ। करिब २५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार अर्का एक व्यक्तिको शव फेला परेको छ, जो गोली चलाउने व्यक्ति भएको विश्वास गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.