राष्ट्रिय सभा अन्तर्गत आज दुई समितिको बैठक बस्दै

डिसी नेपाल
२९ माघ २०८२ ८:०३
4
Shares

राष्ट्रिय सभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । बिहिबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो ।

आज विधायन व्यवस्थापन समितिको बैठक ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ । साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.