घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२९ माघ २०८२ ११:२७
6.0k
Shares

काठमाडौं। स्थानीय बजारमा आज तोलामा १०० रूपैयाँले सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने ५० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २९० कायम भएको थियो।

गत मंगलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० कायम भएको थियो। गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.