काठमाडौं आइपुगेका पूर्वराजालाई विमानस्थलमा समर्थकको स्वागत (तस्बिर)

डिसी नेपाल
१ फागुन २०८२ १४:३१
24
Shares

काठमाडाैं। लामो समयको झापाको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरुले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका छन्।

शुक्रबार काठमाडौं फर्किएपछि पूर्वराजा शाहलाई ठूलो संख्यामा उपस्थित भएका समर्थकहरुले बिमानस्थल मुख्य गेट बाहिर स्वागत गरेका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र राजावादी संस्थाहरुले शाहलाई स्वागतका लागि बिमानस्थल पुग्न आह्वान समेत गरेको थियो।

प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि ठूलो संख्यामा राजसंस्था समर्थकहरु स्वागतका लागि पुगेका थिए। उनीहरुले राजसंस्था समर्थित नारा लगाएका थिए। पूर्वराजा शाह शुक्रबार हेलिकप्टरमार्फत झापाबाट काठमाडौं आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.