जारी विश्वकपको सबैभन्दा ठूलो उलटफेर, जिम्बाब्वेले १९ वर्षपछि अस्ट्रेलियालाई हरायो

डिसी नेपाल
१ फागुन २०८२ १५:०१
224
Shares

काठमाडौं । टी-२० विश्वकपमा आज पहिलो अपसेट देखियो। जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गर्‍यो। टी-२० इतिहासमा जिम्बाब्वेले अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। टोलीले १९ वर्षअघि २००७ मा पहिलो टी-२० विश्वकपको लिग चरणमा अष्ट्रेलियालाई हराएको थियो।

कोलम्बोको आर. प्रेमादासा रंगशालामा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जिम्बाब्वेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो।

म्याट रेनशाले ६५ रन बनाए भने ग्लेन म्याक्सवेलले ३१ रन बनाए। मार्कस स्टोइनिस (६), ट्राभिस हेड (१७), र जोश इन्ग्लिस (८) ले राम्रो प्रदर्शन गर्न सकेनन्। टिम डेभिड र क्यामरुन ग्रिनले खाता खोल्न सकेनन्। जिम्बाब्वेका लागि ब्लेसिङ मुजाराबानीले चार विकेट लिए।

जिम्बाब्वेका लागि ब्रायन बेनेटले ५६ बलमा अविजित ६४ रन बनाए। यो उनको टी-२० विश्वकपमा पहिलो अर्धशतक थियो भने टी-२० अन्तर्राष्ट्रियमा समग्रमा ११ औं अर्धशतक थियो। तादिवानाशे मारुमानी र रायन बर्लले पनि ३५-३५ रन बनाए। कप्तान सिकन्दर रजाले १३ बलमा अविजित २५ रन बनाए। अष्ट्रेलियाका लागि मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले एक-एक विकेट लिए।

खेलको क्रममा अस्ट्रेलियालाई पनि चोटपटकको चिन्ता थियो, मार्कस स्टोइनिसले बल रोक्न खोज्दा हातमा चोट लागेपछि खेलको बीचमा मैदान छोडेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.