कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

डिसी नेपाल
१ फागुन २०८२ १६:२८
40
Shares

काठमाडौं। नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको हो।

पार्टी सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्र नभनी यो पाँच वर्ष सरकार चलाउने योजनासहितको प्रतिज्ञा पत्र हुने बताएका छन्। पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञा पत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले जनाएका छन्।

उक्त प्रतिज्ञा पत्र पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार ३ गते दिउँसो २ बजे सार्वजनिक गरिने विज्ञप्ति जारी गरी जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.