सर्लाहीमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

डिसी नेपाल
२ फागुन २०८२ १०:१७
4
Shares

सर्लाही। सर्लाहीमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ।

जिल्लाको गोडैता नगरपालिका – ९ बकैनियामा अवैध रूपमा उत्पादन भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार साँझ उक्त स्थानमा छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सो क्रममा मदिरा बनाउन प्रयोग हुँदै आएको करिब २ हजार २ सय लिटर कच्चा पदार्थ तथा १५ लिटर तयार घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ।

साथै, मदिरा उत्पादनमा प्रयोग हुने मेसिन तथा अन्य उपकरणहरू नियन्त्रणमा लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.