बदलिएको कांग्रेसले बहुमत ल्याउने उपसभापति शर्माको दाबी

डिसी नेपाल
३ फागुन २०८२ १६:३८
16
Shares

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन्।

आइतबार आगन्तुकहरूलाई पार्टीमा भित्र्याउँदै उपसभापति शर्माले देशभर कांग्रेसका पक्षमा माहौल बढ्दै गएको दाबी गर्दै एक हप्ताभित्रै कांग्रेस बहुमत ल्याउने ठाउँमा पुग्ने बताएका हुन्।

अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठुलो दल बन्ने निश्चित देखिएको बताउँदै उनले भने, ‘यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्छ।’

कांग्रेस जेन जेड आन्दोलनपछि नयाँ भएको एक मात्र शक्ति रहेको उपसभापति शर्माले टिप्पणी गरे। कांग्रेस बदलिएपछि पार्टीमा समाहित हुनेको संख्या वृद्धि भइरहेको उनको दाबी छ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई जिताउन सम्पूर्ण नेता कार्यकर्ता एक ढिक्का भएर लागेको उपसभापति शर्माले दाबी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.