किरण आचार्यको पौराणिक आख्यान शैलसुते लोकार्पण
काठमाडौं । साहित्यकार किरण आचार्यद्वारा लिखित पौराणिक आख्यान शैलसुते एक समारोहबीच लोकार्पण सम्पन्न गरिएको छ।
शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा कमल रिजाल (आख्यानका लेखक तथा पत्रकार), राजकुमार बानियाँ (पत्रकार, समालोचक), तारा रेग्मी (पठन संस्कृतिका अभियन्ता) लेखक किरण आचार्य, प्रकाशक पुष्पराज पौडेलले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका हुन्।
तारा रेग्मीले किताबमाथि समीक्षा गर्दै शिक्षकहरूलाई एउटै उपन्यासमा पढ्न पाउनु र खोज र अनुसन्धान गरेर लेखिएको हुँदा उपन्यास अब्बल रहेको शैलसुते जस्तो उपन्यास पढ्न हो भने धर्म परिवर्तन नहुने र इन्द्र राजाले सोमरस बनाउनेलाई नबुचे वैज्ञानिक थुनामा राखेर पीडा दिएको प्रशंसा सारै राम्रो लागेको बताए।
राजकुमार बानियाँले शैलसुते उपन्यास दुर्लभ र मोलिक साहित्य रहेको र नेपालमा मात्र नभए भारतमा पनि माता पार्वतीको बारेमा लेखिएको नभेटिएको बताए। यस उपन्यासलाई व्यालिसक भन्न सकिने बताउनु व्यलिसक उपन्यास हुनका लागि सबै गुण रहेको बताए।
कमल रिजाल पौराणिक आख्यान लेखनका लागि लामो तपस्या र समर्पण चाहिने बताउँदै शैलसुतेले पौराणिक नारीपात्रमाथि लेखिएको र लेखकबाट आफू प्रभावित रहेको बताए। कथन र विषयवस्तुले कौतहूलता प्रदान गर्दै निरन्तर तान्दै लैजाने र उपन्यास अन्तिमसम्म पनि के होला के होला भन्ने बनाउन सक्षम भएको छ।
लेखक किरण आचार्यले आफूले प्रयास गरिरहेको र गर्ने बताउँदै आफ्नो प्रयासलाई पढेर सुझाव सल्लाह दिन अनुरोध गरे। जत्कारु, परशुराम, अहिल्या किरण आचार्यका पूर्व प्रकाशक पौराणित पत्रमा आधारित उपन्यास हुन शैलसुते शिखा बुक्सद्वारा प्रकाशित जसको मूल्य ७९५ रुपैयाँ रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment