यातायात पूर्वाधारविज्ञ गजुरेल चुनावी अभियानमा, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता

डिसी नेपाल
४ फागुन २०८२ ११:२७
32
Shares

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली-२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक यातायात राम्रो व्यवस्थापन नभइ देश विकास नहुने दाबी गरेका छन्। यातायात पूर्वाधारविज्ञ गजुरेलले कुनैपनि विकसित देशमा सार्वजनिक यातायात व्यवस्थित भएको भन्दै उनले सुरक्षित सडक र व्यवस्थित सार्वजनिक यातायात हुनुपर्नेमा जोड दिएका हुन्।

‘हाम्रो मुलुकको बार्षिक बजेटमा सडक विस्तार, सुधार र कालोपत्रेमा खर्च हुने गरेपनि सार्वजनिक यातायात प्राथमिकतामा परेको छैन। सार्वजनिक यातायात र सडक सुरक्षामा लगानी नगर्दा हरेक बर्ष तीन हजार नेपालीको मृत्यु भइरहेको छ। म सार्वजनिक यातायात र सडक सुरक्षाका बारेमा बर्षौंदेखि बोलिरहेको छु। रास्वपाले यो मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको र सदन एवम सरकारमा गएपछि व्यवस्थित गर्नेछौं,’ उनले भने।

चुनावी अभियानका क्रममा घरदैलो गरिरहेका गजुरेलले एक भिडियोमार्फत सार्वजनिक यातायातलाई कोचाकोचमुक्त गराउने, निजी सवारी साधन प्रयोग गरिरहेकाहरुलाई सार्वजनिक यातायात चढौंचढौं हुनेगरी व्यवस्थित गर्ने जनाएका हुन्।

चुनावी मैदानमा जानुअघि यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। रास्वपाबाट टिकट पाएपछि उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएर आफ्नो क्षेत्रका मतदाताहरुसँग साक्षात्कार गरिरहेका छन्।

गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास, र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.