मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ गरेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो।
प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। यसअघि माघ २३ मा पनि उनी पक्राउ परेका थिए।
प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पक्राउ गर्दै आएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment