ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

डिसी नेपाल
५ फागुन २०८२ २२:०२
272
Shares

धरान (सुनसरी)। सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

आज साँझ करिब ५ः५० बजे इटहरीको मुख्य चोकबाट धरान तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९२ नम्बरको ट्रकले साइकलमा सवार मोरङ सुन्दरहरैचाका ४० वर्षीय कुमार श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएका श्रेष्ठको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ। ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.