बनेपामा सवारी दुर्घटना : एक जनाको मृत्यु, टिपरमा आगजनी

डिसी नेपाल
६ फागुन २०८२ १५:२३
104
Shares

काठमाडौं । काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

बुधबार बनेपाको दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१–०४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको हो।

दुर्घटनापछि स्थानीयहरूले बनेपामा प्रदर्शन गर्दै ठक्कर दिने टिपरमा आगजनी गरेका थिए। प्रदर्शनपछि केहिबेर अरनीको राजमार्ग अवरुद्ध भएको थियो।

घटनापछि तनावग्रस्त बनेको बनेपा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.