रास्वपाले आज सुर्खेतमा चुनावी सभा गर्दै, बालेन र रविले सम्बोधन गर्ने

डिसी नेपाल
७ फागुन २०८२ ११:५८
20
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेतमा आज चुनावी सभा गर्दैछ। बिहीबार सुर्खेतको घण्टाघर चोकमा रास्वपाले ‘हामी आउँदै छौं’भन्ने नारासहित चुनावी सभा आयोजना गर्न लागेको हो।

सभामा रास्वपाका सभापति रवि लामिछाने,रास्वपाका झापा-५ का उम्मेदवार बालेन शाह लगायतका नेताहरुले सम्बोधन गर्नेछन्।

हिजो बुधबार रास्वपाले धनगढीमा चुनावी प्रचारप्रसारका लागि ‘हामी आयौँ परिवर्तनका लागि’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा आयोजना गरेको थियो। सभामा बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.