काठमाडौंमा सवारी दुर्घटनामा परी एक वर्षमा १ सय ३२ जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको छ।
कार्यालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको माघ महिनासम्म भएका ४ हजार ३ वटा दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको हो।
दुर्घटनामध्ये सवै भन्दा बढी दुर्घटनामा चालकको लापरवाही देखिएको काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चेकजाँचलाई बढाइएको बताए। आफूहरूको ध्यान राजस्व संकलन गर्ने नभइ जीवन रक्षामा केन्द्रीत रहेको उनको भनाइ छ।
उनले सवारी चोरी भएका घटना पनि बृद्धि भएकाले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी सुरक्षाका उपायहरू अपनाउन पनि आग्रह गरे।
उक्त क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment