भरतराज ढकाललाई चुनावी चटारो, ‘समृद्ध नेपाल, समुन्नत स्याङ्जा’ निर्माण गर्ने प्रतिबद्धता
स्याङ्जा। स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भरतराज ढकालले राष्ट्रवाद, लोकतन्त्र र समाजवादको संरक्षण गर्दै ‘समृद्ध नेपाल, समुन्नत स्याङ्जा’ निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्नो चुनावी अभियानलाई पनि तिब्रता दिएका छन्।
सफल व्यवसायिक पृष्ठभूमि बनाएका ढकाल पहिलोपटक निर्वाचन मैदानमा उत्रिएका हुन्। ढकालले अनुभव, व्यवस्थापन क्षमता र स्पष्ट विकास दृष्टिकोणसहित मतदातामाझ आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दै चुनावी अभियान संचालन गरिरहेका छन्।
ढकालले प्राथमिक एजेन्डा कृषि र कृषि-उद्यममै केन्द्रित रहेको बताए। उनले किसानले उत्पादन गरेको वस्तुको मूल्य आफैं निर्धारण गर्न सक्ने व्यवस्था, आधुनिक प्रविधि, सिँचाइ, बीउ–विजन, बजारीकरण र बीमा व्यवस्था, सहकारी-निजी क्षेत्रको सहकार्यमा कृषि आधारित उद्योग स्थापना सुन्तला र कफीको व्यावसायिक विकास गर्दै स्याङ्जालाई कफी तथा फलफूलको हब बनाउने लगायतका योजनाहरु अगाडि सारेका सुनाए।
यस्तै व्यवसायिक अनुभवका आधारमा उनले उत्पादनदेखि बजारसम्मको चक्र व्यवस्थित गर्ने लक्ष्य लिएका छन्। उनले रोजगारी र युवा सशक्तीकरणका लागि ‘एक घर, एक रोजगारी’ मार्फत सबैलाई रोजगारीको प्रत्याभूती गराउने पनि मुख्य एजेण्डा बनाएका छन् ।
यसरी रोजगारी सिर्जना गर्नका लागि स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना, कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रमा स्थायी रोजगारी, सीप विकास तालिम र निजी क्षेत्रसँग सहकार्य, स्टार्टअपका लागि सहुलियत ऋण, अनुदान र कर छुट र गाउँमै उद्योग, गाउँमै रोजगारी अभियान सञ्चालन गर्ने बताएका छन् ।
युवालाई विदेश पलायनभन्दा स्वदेशमै अवसर सिर्जना गर्ने स्पष्ट प्रतिबद्धता उनले व्यक्त गरेका छन्। स्याङ्जाको प्राकृतिक र सांस्कृतिक सम्भावनालाई उपयोग गर्ने योजनासमेत उनले अघि सारेका छन्।
पर्यटन सम्भावनासँग जोडिएका क्षेत्रमा सहज पहुँच पु¥याउने, ग्रामीण पर्यटन, धार्मिक र प्राकृतिक गन्तव्यको विकास, स्थानीय उत्पादन, संस्कृति र रोजगारीसँग पर्यटन जोड्ने लगायत रहेका छन् । गुणस्तरीय, सीपमूलक र डिजिटल शिक्षा र सुलभ, प्रभावकारी, समयमै स्वास्थ्य सेवालाई समेटेर लैजाने उनको प्रण छ ।
व्यवसाय, सहकारी तथा वित्तीय संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका ढकाल व्यवस्थापन क्षमता, स्पष्ट भिजन र कार्यान्वयन क्षमतामा विश्वास गर्छन्। उनी भन्छन् ‘राजनीति केवल भाषण होइन, परिणाम दिन सक्ने कार्यशैली हुनुपर्छ।’







डिसी नेपाल







Facebook Comment