एमालेको विजयी निश्चित छ, अबको लक्ष्य विकास र समृद्धिमा लागौं : डा. अर्जुन कार्की
सङ्खुवासभा। स्थानीय तहको चुनावी सरगर्मी बढ्दै जाँदा मादी नगरपालिका वडा नम्बर ४, ओखरबोटेमा नेकपा (एमाले)ले आफ्नो बलियो उपस्थिति रहेको जनाएको छ। शुक्रबार आयोजित चुनावी अभियानका क्रममा एमाले समर्थकहरूको विशाल र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै शक्ति प्रदर्शन गर्दै बलियो उपस्थितिको संकेत गरेको हो।
उम्मेदवार डा.अर्जुन कार्कीको समर्थनमा उत्रिएको जनसागरले ‘सूर्य’ चिन्हमा मतदान गरी उनलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेको छ। र्यालीमा सहभागीहरूको उत्साहजनक उपस्थितिले एमालेको पक्षमा जनलहर सिर्जना भएको संकेत गरेको छ।
विजय सुनिश्चित, अब ध्यान समृद्धिमा
र्याली पछिको सभालाई सम्बोधन गर्दै उम्मेदवार डा.अर्जुन कार्कीले आजको जनसहभागिताले आफ्नो विजयलाई थप सुनिश्चित गरेको बताए। उउनले भने,‘ आज ओखरबोटेमा देखिएको यो अभूतपूर्व र्याली र जनसमर्थनले मेरो मन निकै उत्साहित भएको छ। यो उपस्थिति नै मेरो विजयको आधार हो। अब मेरो सम्पूर्ण ध्यान चुनाव जितेर मादीको विकास र समृद्धिको यात्रालाई अगाडि बढाउलने तर्फ केन्द्रित हुनेछ।’
र्यालीमा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले डा.कार्की जस्तो बौद्धिक र विकासप्रेमी व्यक्तित्वलाई प्रतिनिधिका रूपमा पाउनु मादीबासीका लागि अवसर भएको भन्दै सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका छन्।







डिसी नेपाल







Facebook Comment