डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते
डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सुपप्र ०३ ००१ च ००१४ नं को जिप दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन्। उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातिमा चोट लागेको छ।
यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तीर्थ बोगटी र वडा नम्बर-३ मेल्टाका १९ वर्षीया शारदा साउद पनि घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल पठाइएको छ। बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेको थियो।







डिसी नेपाल







Facebook Comment