आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
११ फागुन २०८२ ६:०३
180
Shares

मेष : दिन राम्रो छ । तपाईंको प्रशंसा हुनेछ । व्यापारमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ ।

वृष : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । आलश्यता बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । साथीको साथ मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ । सम्पत्तिलाई प्राथमिकता दिँदा स्वास्थ्यमा भने जोखिम बढ्नेछ ।

कर्कट : हरेक क्षेत्रमा सचेत हुनुपर्ने दिन छ । आफ्ना साथीबाट असहयोग हुनेछ । स्वास्थ्यमा भने सुधार हुनेछ दिन छ । परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने समय आएको छ ।

सिंह : शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारसँगको घुमघाम रमाइलो बन्नेछ । स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । दिन रमाइलो बन्दा मन शान्त बन्नेछ।

कन्या : जिम्मेवारीका नाममा बोझ बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ । सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ ।

तुला :। साथीसँगको सहकार्यले दिन सफल बन्नेछ । शिक्षा र स्वास्थ्यका लागि दिन राम्रो छ । परिवारसँग छलफल गरेर महत्त्वपूर्ण कामको सुरुवात गर्नु उचित हुनेछ । एकल निर्णयबाट घाटा हुनेछ ।

वृश्चिक : स्वास्थ्यमा सचेत बन्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । सहयोगी साथीको बहुमतले काम बन्ने योग छ । परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : मनमा उत्साह बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ । विपक्षीका विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । पुराना मित्रसँगको भेटले नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

कुम्भ : आम्दानीका स्रोत पत्ता लाग्नेछन् । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । गुरुसँग नम्र भएर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

मीन : दिन राम्रो छ । बौद्धिक साथीसँग थोरै बोल्नु उचित हुनेछ । सञ्चित धन खर्च हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.