हट्यो वीरगञ्जमा लगाइएको कर्फ्यू

डिसी नेपाल
११ फागुन २०८२ १७:३३
32
Shares

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। सोमबार बिहान पौने १० बजेदेखि जारी कर्फ्यू आज अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा भने जारी गरिएको उनको भनाइ छ।

पूर्वा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकलाई सीमा तोकिएको छ।

निषेधाज्ञाको अवधिमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ।

आइतबार साँझ सवारी पार्किङको विषयलाई लिएर छिमेकी छिमेकीबीच झगडा हुँदा उग्र रुप लिएको थियो। त्यसक्रममा झडपका क्रममा केही युवा घाइते भएका थिए।

आइतबारको घटनालाई लिएर सोमबार पुनः तनावको वातावरण उत्पन्न भएपछि स्थिति नियन्त्रणमा राख्न कर्फ्यू आदेश जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.