रास्वपा उपाध्यक्ष कांग्रेसको आमसभामा : ‘टुरिष्ट’लाई होइन राणालाई भोट दिन आग्रह

डिसी नेपाल
११ फागुन २०८२ १८:४९
3.4k
Shares

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ललितपुरकी महालक्ष्मी नगर कमिटी उपाध्यक्ष पुजा वस्नेत विश्वकर्माले भक्तपुर क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसका उम्मेदवार कविर राणालाई जिताउने उद्घोष गरेकी छिन्।

सोमबार बालकोटमा आयोजना गरिएको चुनावी सभामा पुगेकी विश्वकर्माले रास्वपाभित्र अवसरवादीहरुको हाबी भएको भन्दै राणालाई विजयी गराउन आब्हान पनि गरिन्।

‘म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको व्यक्ति हुँ। कांग्रेसको घरदैलोमा किन आइरहेको छु भने मेरो पार्टीभित्रको गलत प्रवृति भन्न पनि आएको हुँ। रास्वपाको स्थापनाकालदेखिको सदस्य हुँ तर कांग्रेससँग मेरो परिवारको साइनो भएकाले कविर दाईलाई जिताउनुपर्छ भनेर आएको छु,’ उनले अगाडि भनिन्,‘ नयाँलाई विश्वास गर्नुपर्छ भनेर लाग्यौ तर नयाँ भित्र धेरै खराब र अवसरवादी व्यक्तिहरु देखिएका छन्। हामी अवसरवादीहरुलाई भोट दिएर जिताउन चाँहदैनौं।’

उनले रास्वपा विनाश हुनबाट रोक्नका लागि कांग्रेसको मन्चमा आएर उभिएको बताइन्। ‘कविर दाईलाई भोट मागिरहँदा कुनै स्वार्थ छैन्। यहाँ टुरिष्ट उम्मेदवारहरुपनि आउनु भएको छ। उहाँहरु भन्दा कविर दाई उपयुक्त पात्र हुनुहुन्छ,’ उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.