दूरसञ्चार सेवालाई प्रभावकारी बनाइने

डिसी नेपाल
१२ फागुन २०८२ ९:३६
16
Shares

काठमाडौं । गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सञ्चार क्षेत्रलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सरोकारवाला मन्त्रालय र निकायसँग छलफल गरेको छ ।

नेपाल सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव, प्रवक्तासहित उच्च अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, सहसचिव, नियामक नेपाल दुरसञ्चार प्राधिकरण, सेवाप्रदायकहरुबीच निर्वाचनलाई लक्षित गरेर दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउने समझदारी भएको हो ।

निर्वाचनका समयमा विशेष गरी मतदान केन्द्रहरुमा सञ्चारको पहुँच पुर्याउन, भइरहेको सेवालाई थप प्रभावकारी बनाउन, सेवाको मर्मत र अनुगमनलाई चुरुत र दुरुस्त राख्ने निर्णय भएको छ । टेलिफोन सेवा, इन्टरनेटलगायत सेवा प्रदायकहरुबाट सेवालाई प्रभावकारी बनाउने विषयमा सराकारवाहरुबीच छलफल भई कार्यान्वयन गरिएको छ ।

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनको सन्दर्भमा दूरसञ्चार सेवालाई थप सहज, भरपर्दो र प्रभावकारी बनाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनुभयो । उहाँले सञ्चार मन्त्रालयमातहतका सरकारी सञ्चार माध्यम, दूरसञ्चार सेवालगायत कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.