जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, अजय शंकर नायकलाई सघाउने
सिराहा। जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका वडा नं. ८ का अध्यक्ष समेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबीच नेकपा प्रवेश गरेका हुन्।
उनलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सिराहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजय शंकर नायक, नेता रामचन्द्र ठाकुर, प्रकाश अधिकारीलगायतले स्वागत गरेका थिए।
दनुवारले सिराहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफू पार्टी प्रवेश गरेको बताए। उनले विकास, स्थायित्व र राजनीतिक सहकार्यका लागि आफ्नो निर्णय रहेको उल्लेख गरे।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment