करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा

डिसी नेपाल
१२ फागुन २०८२ ११:३१
504
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन्। केसीले युटुबर तथा पत्रकार वर्षा बस्नेत सँग विवाह गरेका हुन्।

परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सम्पन्न विवाह समारोह चार दिनअघि नै भएको बताइएको छ।

तर दुवैले सामाजिक सञ्जालमार्फत आज मात्र विवाहका तस्बिर सार्वजनिक गरेका हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका केसी र बस्नेतको सम्बन्धबारे क्रिकेट तथा सञ्चार क्षेत्रका साथीहरूबीच चर्चा रहँदै आएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.